कोरोना पूर्बसतर्कता स्याङ्जा जिल्लामा आज राती १० बजेबाट निषेधाज्ञा जारी
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जा जिल्लामा आज राती १० बजेबाट निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस कोभिड १९ सङ्क्रमणको जोखिमबाट जिल्लालाई जोगाउने रणनीति अनुशार स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निषेधाज्ञा जारी गर्नु भएको हो ।
अव अन्य जिल्लाबाट स्याङ्जा जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकलको आवागमन आज राति १० बजेपछि बन्द हुनेछन् । मालवाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परीक्षण गरेपछि जिल्लामा प्रवेश दिईनेछ ।
स्थानीय प्रशाशन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्ला भर निषेधाज्ञा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ । अव जिल्लामा अत्यावश्यक सामाग्रीका पसल बाहेक अन्य पसलहरु खोल्न पाईनेछैन त्यस्तै समुहमा मान्छे जम्मा हुने कार्य समेत पूर्ण रुपमा निषेधित रहनेछ । यसको उल्लङ्घन गरेमा कारवाही गरिने प्रशाशसनले जनाएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


