स्याङ्जामा चट्याङ् लागेर घरमा आगलागी,लाखाैंकाे क्षती ।
स्याङ्जा : स्याङ्जामा चट्याङ् लागेर घरमा आगलागी भएको छ । आगलागीबाट घर पूर्णरुपले जलेर नष्ट भएको छ । विरुवा गाँउपालिका ७ गहतेका ४३ बर्षिय देवीमाया गुरुङ्को घरमा चट्याङ् लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
खरले छाएको कच्ची घरमा विहिवार राती चट्याङ् परेको थियो । चट्याङ् लागेर आगलागी हुँदा गुरुङ्को घरमा रकम सहित सुन र अन्नपात लगायत अन्य सामाग्री सहित जलेर नष्ट हँुदा १० लाख सत्तरी हजार बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।

मानवीय क्षती र पशुचौपायमा भने क्षती नभएको भण्डारीले बताए । गएको शनिवार देखि स्याङ्जामा असिना पानी र चट्याङ्ले स्याङ्जामा ठुलो क्षती पु¥याएको छ । घरमा कोही नभएका बेला चट्याङ परेकाले मानवीय क्षती हुनबाट बचेको स्थानीयले बताएका छन् । चट्याङ् लागेर आगलागी भएको घट्ना थाहा पाउना साथ प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


