कृषि क्षेत्रमा लगानी गर्न वित्तीय क्षेत्रलाई गल्याङ नगरप्रमुख अधिकारीको आग्रह
गल्याङ : गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले कृषि क्षेत्रमा लगानी गर्न गल्याङ नगरपालिका भित्रका वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
गल्याङ नगरपालिकाले आयोजना गरेको वित्तीय क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले अन्य क्षेत्र भन्दा कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
नगरप्रमुख अधिकारीले विश्व कोरोनाको चपेटामा परेको अवस्थामा स्थानीय तहमा पनि यसको प्रभाव पर्ने भन्दै वित्तीय क्षेत्र विशेष चनाखो हुनुपर्ने बताउनुभयो ।
उहाँले उत्पादनमा जोडिनका लागि कृषकलाई सहयोग गर्न आग्रह गर्दै यसका लागि नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न आफु तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले सामाजिक सुुुुुुुुुुुुुुुरक्षा भत्ता वितरणका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी वित्तीय संस्थाका प्रतिनिधिहरुले नगरपालिकाको विकासका लागि आफुहरुले पूर्ण सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् । प्रबन्धक तथा प्रतिनिधिहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाबाट भैरहेको लगानी बारे जानकारी दिदै थप लगानी गर्न तयार भएको समेत बताएका छन् । यस्तै, सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा भएका समस्याहरुका बारेमा पनि प्रबन्धकहरुले जानकारी गराएका थिए ।
यस्तै, गल्याङ नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । खराब कर्जा कम गर्न, काम गर्ने ब्यक्ति वा समूहलाई मात्रै लगानी गर्ने तथा माटो सुहाउँदो खेती वा पशुपालन गरी लगानी गर्नका लागि विज्ञ सहितको साक्षरता कार्यक्रम गर्ने तय भएको हो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका झण्डै दुई दर्जन बैंक, सहकारी तथा वित्तीय संस्थाका प्रबन्धक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नगरप्रमुख भुपराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


