कांग्रेस वालिङ १० को समायोजनसँगै अन्तरक्रिया सम्पन्न ।
आँधीखोला खबर/वालिङ :
नेपाली कांग्रेस वालिङ नगरपालिका वडा नम्वर १० को समायोजन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ संरचना अनुशार वडामा समायोजन पश्चात अन्तरक्रिया तथा छलफल गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका अग्रज गंगाबहादुर राना,नेपाली कांग्रेस महासमिति सदस्य एवं महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, महासमिति सदस्य तथा नगर उपप्रमुख कल्पना तिवारी, क्षेत्रीय सहसभापति अर्जुन प्रकाश अर्याल, जिल्ला सदस्य अर्जुन प्रसाद खनाल,महाधिवेशन प्रतिनिधी एवं युवा नेता बिष्णु पौड्याल, महाधिवेशन प्रतिनिधि लिल बहादुर रणपाल,वालिङ नगर कार्यबाहक सभापति भिम प्रसाद सुवेदी, नगर सचिव भुपराज बगाले,क्षेत्रीय कोषाध्यक्ष चेतनारायण श्रेष्ठ, महिला नेतृ कबिता तिवारी गैह्रे, नगर कार्यपालिका सदस्य युगमाया पंगेनी र धन बहादुर कुमाल, नगर कोषाध्यक्ष टिकाराम डुम्रे लगायतले बोलेका थिए ।
वडा सभापति नेत्र प्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सौरभ सुवेदीले गर्नुभएको थियो ।
यसैवीच, समायोजनसँगै नेत्र प्रसाद सुवेदीको सभापतित्वमा वडामा १७ सदस्य रहेको नयाँ कार्य समितिको चयन गरिएको छ । जसको सचिवमा राम बहादुर थापा र शिव हिताङ तथा कोषाध्यक्ष अर्जुन सुवेदी रहुन भएको छ ।
समितिको सदस्यहरुमा शुभकान्त ढकाल, निशान्त सुवेदी,शेर बहादुर क्षेत्री,चित्र बहादुर राना, झलकनारायण पंगेनी, गंगाराम अर्याल,नुवादत्त खनाल,कोपिला पंगेनी, शाबित्रा भण्डारी लगायतका रहेकाछन् ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


