गण्डकी प्रदेशसभा लगातार अवरुद्ध :अडान छाड्दैनौँ, दुइतिहाइसँग लड्छौं कांग्रेस उपनेता श्रेष्ठ
आँधीखोला खबर/पोखरा :
गण्डकी प्रदेशसभा लगातार चार दिन सम्म कांग्रेसले अवरुद्ध पारेको छ । सदनमा आफूले उठाएका माग पुरा नभए सम्म बैठक अवरुद्ध पारिरहने कांग्रेसले जनाएको छ । चौथो पटक बैठक अवरुद्ध गरेपछि पत्रकार सम्मेलन गरेर कांग्रेसले कुनै पनि हालतमा मागबाट पछि नहट्ने स्पष्ट पारेको हो । कांग्रेसका उपनेता मेखलाल श्रेष्ठले पार्टीले अडान नछाड्ने बताउनु भएको हो, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “कांग्रेसले राणासँग, राजासँग लडेर आएको हो, माग पुरा नहुँदासम्म हामीले अडान छाड्दैनौँ, दुइतिहाइसँग लड्नेछौँ ।”
उपनेता श्रेष्ठले प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र निर्वाचन पूर्वाधार विकास कार्यक्रमका सम्वन्धमा आफूहरुको माग सरकारले पुरा गर्नै पर्ने धारणा राख्नुभयो । जनताले समानुपातिक बिकास चाहेकाछन् भन्दै नेता श्रेष्ठले भन्नुभयो दुई तिहाईको जवर्जस्त बल मिचाई अव सहिरहन सकिदैन ।
पत्रकार सम्मेलनमा विधेयकउपर कांग्रेसको संशोधन प्रस्ताव दर्ता रहेको जानकारी गराईएको थियो त्यस्तै निर्वाचन पूर्वाधार कार्यक्रममा मुख्यमन्त्रीले लिएको निर्णय संवैधानिक नरहेको ठहर कांग्रेसको रहेको उपनेता श्रेष्ठले जानकारी दिनुभयो ।
कांग्रेस संसदीय दलले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले रोष्टममा बोलेका कुरा पुरा नगरेका कारण नैतिकताका आधारमा राजीनामा नै दिनुपर्न माग समेत राखिएको थियो । मुख्यमन्त्रीले संसदमा उभिएर बोलेका कुरा, ‘कुनै रोदीघरमा गएर बोलेको जस्तो नहुने’ प्रतिक्रिया कांग्रेसले दिएको छ र, मुख्यमन्त्रीले लिएको निर्णय फिर्ता गर्नुपर्ने माग राखेको छ ।
उता आइतबार नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलले पनि पत्रकार सम्मेलन नै गरेर कांग्रेसले सदनमा उठाएका विषय जायज नरहेको तर्क गरेको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


