विपन्नलाई गल्याङ नगरपालिकाको सहयोग
आँधीखोलाखबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर नौ मा रहेको एक विपन्न परिवारलाई सहयोग गरेको छ ।
गल्याङ नगरपालिका वडा नम्बर नौ साङ्लीया रिपमा रहेको एक विपन्न परिवारलाई नगरपालिकाले सहयोग गरेको हो ।
स्थानीय पदमबहादुर सोमै मगरको परिवारलाई गल्याङ नगरपालिकाले जस्तापाता, खाद्यान्न सहितका सामाग्रीहरु प्रदान गरेको स्थानीय परसुराम अर्यालले जानकारी दिनुभयो । फागुन १५ गते सोमै मगरको निधन भएकोमा परिवारमा आर्थिक समस्या रहेको बारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थानीय नेता समेत रहनुभएका अर्यालले नगरप्रमुख भुपराज अधिकारीलाई जानकारी गराउनुभएको थियो ।

अर्यालको निबेदन पछि नगरप्रमुख अधिकारीले घरका लागि आवश्यक जस्तापाता सहित खाद्यान्न सामाग्रीहरुको व्यवस्था गर्नुभएको हो ।
नगरप्रमुखले सहयोग गरेको जस्तापातालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थानीय युवा नेता दिपक मगरको पहलमा घरमा लगाईएको छ । चुहिएको खरको छाना हटाएर जस्तापाताले घर छाइएको हो ।
नगरप्रमुख बाट विपन्न परिवारलाई सहयोग गरेकोमा स्थानीय हर्षित भएका छन् । सोमै मगरको परिवारले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएका छन् ।

नगरप्रमुख अधिकारीले नगरपालिका भित्र धेरै विपन्न परिवार रहेको भन्दै सबैको आर्थिक उन्नतीका लागि आफुले सक्दो पहल गरिरहेको बताउनुभयो ।
उहाँले एक दुई पटक सहयोग भन्दा पनि सहयोग गर्न नपर्ने वातावरण बनाउनका लागि नगरपालिकाले स्थानीय आर्थिक विकास लगायतका विभिन्न योजनाहरु अगाडी सारेको बताउनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


