लियो क्लब अफ वालिङ सिटिद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
आँधीखोला खबर/वालिङ:
लियो क्लब अफ वालिङ सिटिले वालिङ नगरपालिका ८ स्थित अमिलिथुम आधारभुत विद्यालय घ्याङलिङमा शैक्षिक सामाग्री प्रदान गरेको छ ।
लियोका कार्यसमिति सदस्य विरवल तिवारीको २७ औँ जन्मोत्सवका अवसरमा शुक्रबार वालिङ नगरपालिका ८ स्थित अमिलिथुम आधारभुत विद्यालय घ्याङलिङमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटिका पुर्व अध्यक्ष अर्जुनप्रसाद खनाल,तरुण दल वालिङका उपाध्यक्ष गोविन्द तिवारी, विद्यालयका प्रधानाध्यापक टिकाराम अर्याल लगायतले बोल्नुभएको थियो बालेका थिए । लियो क्लब अफ वालिङ सिटिका अध्यक्ष विदुषा बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँंण र सञ्चालन सहसचिव हरि रेग्मीले गर्नुभएको थियो । सो अवसरमा विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई कपी कलम, विद्यालयलाई भित्ते घडी र विद्यार्थीहरुलाई दिवा खाजा वितरण गरिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


