स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक
श्रीकृष्ण सिग्देल/स्याङ्जा : विश्वभर बढ्दै गएको कोराना भाइरस (कोभिड—१९) को संक्रमण र सन्त्रासले स्याङ्जामा पार्न सक्ने प्रभावका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पुर्व तयारी अनुरुप ५ ओटा निर्णय गरेको छ ।
जिल्लाका सरकारी कार्यालय, जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था लगायतको सहभागितामा जिल्लामा अर्को निर्णय नभए सम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ । कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामुलक कार्यक्रम संचालन गर्ने निर्णय सगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी र सबै स्थानीय तहका स्वास्थ्य शाखाहरु तयारी अवस्थामा रहन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयाे ।
माहामारी विपद व्यवस्थापनका लागि भाइरल, इन्फ्ल्युन्जा, ज्वरो, रुघाखोकी, निमोनिया जस्ता सरुवा रोगको माहामारी रोक्न सबै स्वास्थ्य संस्था र कर्मचारीलाई तयारी अवस्थामा रहिरहन आग्रह गरिएको प्रजिअ कुरुम्बाङ्ले बताउनु भयाे । समितिले जिल्ला अस्पताल, प्रथामिक स्वास्थ्य केन्द्रमा छुट्टै वाडको व्यवस्था गरिराख्न पनि निर्देशन दिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले पुर्व तयारी बारे छलफल गरेर केही निर्णयहरु गरेका छौं प्रजिअ कुरुम्बाङ्ले भन्नुभयाे, ‘संक्रमण र विपद व्यवस्थापनका लागि स्वास्थ्य कार्यालयलाई कार्ययोजना तयारी गर्दै छ । सो कार्ययोजना अनुसार जिल्ला विपद व्यवस्थापन समिति अगाडी बढ्ने छ ।’ समितिले संघिय सरकारको निर्देशन अनुसार बार्षिक परिक्षा चैत्र ५ गतेभित्र सक्ने गरी जिल्लाका सबै विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।
यता कुनै सभा सम्मेलन नगर्न आग्रह गरिएपनि शुक्रबार भुमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भने वालिङमा रहेको नव निर्मित नापी शाखा भबनको उद्घान रोकिएको छैन । यसबारे जानकारी बुझ्दा प्रजिअ कुरुम्बाङ्ले उद्घाटन समारोहमा कोराना भाइरसबारे जनचेता फैलाउने गरी कार्य योजना तयार भएको बताउनु भयाे ।


समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


