तेब्बर मूल्यमा मास्क बेच्ने स्याङ्जा औषधि पसल सहित २ पसलमा प्रशासनले लगायो ताला
पोखरा :चर्को मूल्यमा मास्क बेच्दै आएका पोखराका २ औषधि पसलमा बिहीबार ताला लगाइएको छ । जिल्ला प्रशासन, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयलगायत प्रादेशिक निकाय र सरोकारवालाको संयुक्त बजार अनुगमनका क्रममा हस्पिटल चोकको परी फार्मेसी र महेन्द्रपुलको स्याङ्जा औषधि पसलमा तालाबन्दी गरिएको हो ।
परीले १० रुपैयाँ मूल्यको मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको तर बिल पनि नदिएको पाइएपछि बन्द गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्माले बताए। ‘उक्त पसलले मास्क खरिद बिल पनि देखाउन मानेन,’ उनले भने।
यसैगरी १ सय रुपैयाँमा पाइने मास्क साढे ४ सयमा बेचिरहेको अवस्थामा स्याङ्जा फार्मेसीले खरिद बिल पनि नदेखाएपछि बन्द गरिएको हो। अनुगमन टोलीले हस्पिटल चोकको निर्देश फर्माबाट एकसय थान मास्क जफत पनि गरेको छ। पसलमा मास्क भए पनि चिनेजानेकालाई मात्र बिक्री गर्दै आएको पाएपछि कारबाहीस्वरुप जफत गरिएको हो।
सबै औषधि पसललाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थितिका लागि बोलाइएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए। ‘सबै विवरण बुझेपछि कानुन अनुसार कारबाही प्रक्रियामा जान्छौं,’ उनले भने। उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले खाद्यान्नलगायत अन्य वस्तुमा पनि कालोबजारी हुनसक्ने भन्दै अनुगमनलाई निरन्तरता दिइने बताए। -ईकान्तिपुर डटकमबाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


