वालिङमा माटो परिक्षणको घुम्ती शिबिर सम्पन्न ।
आँधीखोला खबर/वालिङ:
वालिङ नगरपालिका वडा नं १३ मा माटो परिक्षण सम्वन्धी एक दिने घुम्ती शिविर सम्पन्न भएको छ । वडा नं १३ को आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशको प्राविधिक सहयोगमा माटो परिक्षण शिबिर सञ्चालन गरिएको हो ।
शिबिरमा ८७ जना कृषकले ल्याएको माटोको परिक्षण गरिएको थियो । माटो परिक्षणको नतिजा केहि दिनमै किसानलाई जानकारी दिईने र माटो परिक्षणमा क्रमममा माटोमा पिएच, नाईट्रोजन, फोस्फोरस र प्राङगारिकको मात्रा जाँच गरिएको बताईएको छ ।

कृषकहरुलाई माटो सुहाँउदो उत्पादनमा अभिप्रेरित गर्ने उद्यश्यले शिबिर सञ्चालन गरिएको वडा अध्यक्ष आनन्द पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडामा सुन्तला, कागती, केरा, अदुवा, बेसार र मेवाको पकेट क्षेत्र बनाउने हाम्रो लक्ष्य हो । माटो परिक्षणबाट आधुनिक कृषि प्रणालीतर्फ कृषकलाई आर्कषण गर्न सकिने उहाँको भनाई छ ।
शिविरमा माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशका माटो विज्ञ अस्मिता काफ्ले सहितको टोली र नगरपालिका कृषि शाखा प्रमुख केशबहादुर थापाकोे टोलीले माटो परिक्षण गरेको हो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


