आँधीखोला बहुप्राविधिक शिक्षालयले सार्बजनिक गर्यो आफ्नो ४ बर्षे योजना
आँधीखोला खबर/स्याङ्जा :
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३२ औ स्थापना दिवसको अवसरमा आँधीखोला बहुप्राविधिक शिक्षालय वालिङले आफ्नो ४ बर्षे भावी योजना तथा रणनीति सार्बजनिक गरेको छ । वालिङ १३ मा रहेको शिक्षालयमा आयोजना गरिएको प्राविधिक शिक्षा र आँधीखोला बहुप्राविधिक शिक्षालयको भावी योजना र कार्यक्रम विषयक अन्तरक्रिमा बहुबर्षे योजना सार्बजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले अहिलेको समय प्राबिधिक बिषयको रहेको भन्दै नगरले यसलाई प्राथमिकता दिएको जानकारी गराउनु भयो । नगर प्रमुख खाँणले वालिङमा प्राबिधिक शिक्षालय संचालन हुनु आफैमा गौरवको विषय भएको बताउनु भयो । कार्यक्रममा शिक्षालय प्रमुख नवीन किशोर गैह्रेले शिक्षालयको विगत बर्तमान र भावि कार्य योजनाको बारेमा डकुमेन्ट्री प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वालिङ नगरपालिका वडा न १३ का वडा अध्यक्ष आनन्दप्रसाद पाठकले आफ्नो भनाई राख्नु भएको थियो ।
पहिलो सेमेस्टरका वडाको सिफारिस बाट आएका ७ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको शिक्षलयले जनाएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


