स्याङ्जा स्थित कालीगण्डकी ‘ए’का मेकानिकल विरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा अख्तियारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा स्थित कालीगण्डकी ए जलविद्युत आयोजनामा कार्यरत एक कर्मचारीलाई नक्कली शौक्षिक प्रमाणापत्रको आरोपमा मुद्दा दायर गरेको छ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत पाँचौ तहका मेकानिकल सुपरभाइजर चक्रपाणी भट्टराईले पेश गरेको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
भट्टराईले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट ल्याएर हाइस्कुल तहको शौक्षिक योग्यताको नक्कली प्रमाण पत्र पेश गरेको अख्तियारको दाबी छ।
प्राधिकरणमा चौथो तहमा सिनियर वेल्डर पेदमा सेवा प्रवेश गरी पाँचौ तह मेकानिकल सुपरभाइजर पदमा बढुवा भएको अख्तियारले जनाएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार कसुर पुष्टी भएकाले विशेष अदालतमा आरोप पत्र दायर भएको जनाएको छ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


