स्याङ्जामा आगलागीमा जलेर एक बृद्धको ज्यान गयो
स्याङ्जा : स्याङ्जाको विरुवा गाउँपालिकामा आगलागीमा जलेर एकजना वृद्धको ज्यान गएको छ। आगलागीमा परी विरुवा-४ घोप्टेका ८२ वर्षीय जितबहादुर गुरुङको मृत्यु भएको हो। गुरुङ सुतिरहेको बेलामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। उनी प्यारालाइसिसका बिरामी थिए। धूमपान गर्ने बानी भएको कारण, चुरोटको आगोले आगलागी भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन्।
शुक्रबार राति खरको गोठसँग जोडिएको कोठामा सुतिरहेका गुरुङ आगलागीमा परेको देखेपछि स्थानीयबासीले उद्धार गर्ने प्रयास गरेका थिए। उनीहरूले प्रहरीलाई फोन गरेर जानकारी गराए पनि आगो नियन्त्रणमा आउँदा गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक गौतम बोहोराले जानकारी दिए। मृतक गुरुङका २ छोरा पोखरामा बस्दै आएको भए पनि घटना घटेको दिन शिवरात्रि पर्व भएको कारण गाउँमा नै भएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक बोहोराले जानकारी दिए।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


