‘प्रजातन्त्र संरक्षणमा यूवाको भूमिका’ बिषयमा खुलेर बहस गरे स्याङ्जाका बिद्यार्थी
वालिङ :
वालिङमा मंगलबार जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘प्रजातान्त्रिक विचार समाज स्याङ्जाको आयोजनामा ‘प्रजातन्त्र संरक्षणमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय वालिङ ६ मिर्दीकी बीना रेग्मी प्रथम, लक्ष्मी मावि वालिङ १३ का भिजन गैह्रे द्वितीय, रणबीर जनहित मावि वालिङ १ खहरेकी पूजा रेग्मी र लक्ष्मी मावि वालिङ १३ का कमल बिक सान्त्वना हुनुभएको हो । जिल्लाभरीबाट २३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै पूर्व सांसद खगेन्द्रराज रेग्मीले विद्यार्थीको शैक्षिक विकासका लागि यसप्रकारका प्रतियोगिताहरु आयोजना गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई बोल्ने कलाको विकास हुने र तर्कसंगत आफ्ना अभिब्यक्तिहरु राख्नुपर्ने भएकाले पनि धेरै अध्ययन र मेहेनत आवश्यक हुने विचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सचिव प्राध्यापक डा. बासुदेव भण्डारी, वालिङ नगर उपप्रमुख कल्पना तिवारी, बीपी बिचार प्रतिष्ठान स्याङ्जाका अध्यक्ष जीबलाल काफ्ले, पूर्णामृत भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक यमकान्त खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रजातान्त्रिक विचार समाज स्याङ्जाका अध्यक्ष मुक्तिप्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सीता गौडेलले र स्वागत उपाध्यक्ष मुक्ति रेग्मीले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


