गल्याङ नगरपालिकाले मगर दिवसका अवसरमा फागुन १५ मा सार्वजनिक विदा दिने
आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकामा फागुन १५ गते विहिबार सार्वजनिक विदा हुने भएको छ । नगर कार्यपालिकाको बैठकले मगर दिवशको अवसरमा फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आदीबासी जनजातिहरु मध्ये सबैभन्दा धेरै जनसंख्या मगर समुदायको रहेको भन्दै नेपाल मगर संघ गल्याङ नगर समितिले सार्वजनिक विदा दिन माग गरेको थियो ।
मगर संघका अध्यक्ष कुमार राना मगरले बुझाएको माग पत्रमा नेपाल मगर संघको ३८ औं स्थापना दिवशको अवसरमा विदा दिन माग गरिएको थियो ।
संघको माग र स्थानीय समुदायको चाहनालाई दृष्टिगत गर्दै सार्बजनिक विदा दिने निर्णय भएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


