स्याङ्जामा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जा :
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बिहीबारदेखि असोज ११ गते आइतबारसम्म स्याङ्जामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
अविरल वर्षाका कारण नदी तथा खोलामा बाढी, डुबान, कटान तथा लेदोसहितको पहिरोको जोखिम रहेकाले तटीय क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ ।
प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंले जारी गर्नुभएको सूचनामा उक्त अवधिमा खोलामा माछा मार्ने, पौडी खेल्ने, बाढीले बगाएका सामान समात्ने, गाईवस्तु चराउने तथा बाहिरी खेल खेल्ने कार्य नगर्न आग्रह गरिएको छ । अभिभावकलाई बालबालिकाको विशेष निगरानी गर्न तथा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक पूर्वतयारीसहित सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
चट्याङबाट बच्न रुख, टावर तथा खुला डाँडामा नबस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ । यसैबीच, स्याङ्जाका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


