शिक्षकबाट राजीनामा दिएर कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवार
युवराज सुवेदी/स्याङ्जा :
हातमा चक-डस्टर बोकेर गाउँकै विद्यालयलाई इतिहासमै पहिलोपटक एसईईमा शतप्रतिशत सफलता दिलाएका एउटा समर्पित शिक्षक, अब मुलुकको नीति निर्माण गर्ने थलोतिर मोडिएका छन्।
स्याङ्जा गल्याङ–६, पिडिखोलाका झिमलाल चापागाईँ ‘सुयोग’ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ बाट पेशागत विषय विज्ञतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका छन्।
२०७० मा नेविसंघबाट सुरु भएको उनको राजनीतिक यात्रा, पूर्वउपसभापति गोपालमान श्रेष्ठको स्वकीय सचिव र नेविसंघ केन्द्रीय सदस्य हुँदै समृद्ध बनेको छ। गणित विषयका कठिन ठेलीहरूलाई सहजै बुझाएर विद्यार्थीको भविष्य उज्यालो बनाएका सुयोगले शिक्षा दिवसमा नगरस्तरीय उत्कृष्ट शिक्षकको सम्मानसमेत पाए।
“कक्षाकोठामा बुझेको यथार्थ र शिक्षणको बौद्धिक अनुभवलाई अब कांग्रेसको नीति र विचारमा ढाल्न चाहन्छु,” शिक्षणबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका सुयोग भन्छन्। उम्मेदवारीसँगै स्याङ्जाली वृत्तमा एउटा बौद्धिक र कर्मठ युवा नेतृत्वको आशा पलाएको छ।

समाचार
थप सामाग्री-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
-
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
शिक्षकबाट राजीनामा दिएर कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवार
स्याङ्जामा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
३ दिन अगाडि
स्याङ्जा : मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उच्च सतर्कता अपनाउन आग्रह गरेको…


