‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
स्याङ्जा: नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहँदा स्याङ्जाको राजनीतिमा युवा पुस्ताको उपस्थिति झनै सशक्त बन्दै गएको छ। यसै क्रममा स्याङ्जा क्षेत्र नं. १, प्रदेशसभा (२) ‘ख’ बाट ३५ वर्षमुनिका युवाको बलियो प्रतिनिधित्व गर्दै आयुष रानाभाटले प्रदेश अधिवेशन प्रतिनिधि (युवा) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
युवा कांग्रेस स्याङ्जाका जिल्ला संयोजक समेत रहनुभएका रानाभाटले पार्टीको नीति, निर्माण र नेतृत्वमा युवा पुस्ताको सोच र ऊर्जालाई जोड्ने उद्देश्यका साथ उम्मेदवारी प्रस्तुत गर्नुभएको हो।
मौसमको प्रतिकूलता र अविरल वर्षाका कारण स्थगित भएको क्षेत्रीय अधिवेशन अब असोज १२ गतेसम्म उम्मेदवारी प्रक्रिया पूरा गरी असोज १३ गते निर्वाचन गर्ने तयारी छ। वडा र पालिका तह सम्पन्न भई क्षेत्रीय अधिवेशनको अन्तिम तयारी भइरहँदा, रानाभाटको उम्मेदवारीले युवा कार्यकर्तामाझ नयाँ आशा र उत्साह जगाएको छ।
समाचार
थप सामाग्री-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
-
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
शिक्षकबाट राजीनामा दिएर कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवार
स्याङ्जामा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
३ दिन अगाडि
स्याङ्जा : मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उच्च सतर्कता अपनाउन आग्रह गरेको…


