‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
स्याङ्जा: नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहँदा स्याङ्जाको राजनीतिमा युवा पुस्ताको उपस्थिति झनै सशक्त बन्दै गएको छ। यसै क्रममा स्याङ्जा क्षेत्र नं. १, प्रदेशसभा (२) ‘ख’ बाट ३५ वर्षमुनिका युवाको बलियो प्रतिनिधित्व गर्दै आयुष रानाभाटले प्रदेश अधिवेशन प्रतिनिधि (युवा) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
युवा कांग्रेस स्याङ्जाका जिल्ला संयोजक समेत रहनुभएका रानाभाटले पार्टीको नीति, निर्माण र नेतृत्वमा युवा पुस्ताको सोच र ऊर्जालाई जोड्ने उद्देश्यका साथ उम्मेदवारी प्रस्तुत गर्नुभएको हो।
मौसमको प्रतिकूलता र अविरल वर्षाका कारण स्थगित भएको क्षेत्रीय अधिवेशन अब असोज १२ गतेसम्म उम्मेदवारी प्रक्रिया पूरा गरी असोज १३ गते निर्वाचन गर्ने तयारी छ। वडा र पालिका तह सम्पन्न भई क्षेत्रीय अधिवेशनको अन्तिम तयारी भइरहँदा, रानाभाटको उम्मेदवारीले युवा कार्यकर्तामाझ नयाँ आशा र उत्साह जगाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


