त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति एवम् स्याङ्जाली युवा नेता गोविन्द कोइरालाले स्याङ्जा क्षेत्र नम्बर २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिको रूपमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन्। स्याङ्जा भीरकोट–६ मा जन्मिएर कालिका माविबाट विद्यालय शिक्षा पूरा गरेका कोइराला त्रिचन्द्र क्याम्पसको इतिहासमै स्याङ्जाबाट स्ववियु सभापति बन्ने पहिलो व्यक्ति हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्ववियु सभापति जितेका कोइराला हाल अर्थशास्त्रमा स्नातकोत्तर गर्दै छन्। क्याम्पस राजनीतिमा मात्र सीमित नरही उनले ‘किताबमाथिको कर हटाऊ’, ‘शिक्षा ऐन परिमार्जन’, ‘#SaveTrichandra’, ‘#SavePublicLibraries’ र ‘#SaveTheConstitution’ जस्ता जनसरोकारका राष्ट्रिय अभियानको कुशल नेतृत्व गरिसकेका छन्।
कांग्रेस महामन्त्री गगन थापा निकट मानिने उनी खुलातर्फका सबैभन्दा कान्छा उम्मेदवार हुन्। परम्परागत राजनीतिभन्दा माथि उठेर शिक्षा, रोजगारी र सिर्जनशीलतालाई कांग्रेसको प्रमुख नीति बनाउने अठोटका साथ चुनावी मैदानमा ओर्लिएका कोइरालाको उम्मेदवारीले युवा तथा बौद्धिक वृत्तमा ठूलो उत्साह र आशा जगाएको छ।

समाचार
थप सामाग्री-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
-
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
शिक्षकबाट राजीनामा दिएर कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवार
स्याङ्जामा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
३ दिन अगाडि
स्याङ्जा : मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उच्च सतर्कता अपनाउन आग्रह गरेको…


