भोटेकोशी बाढीका घाइतेलाई मध्यजनर गर्दै वालिङमा रक्तदान, ४६ पिन्ट रगत सङ्कलन ।
वालिङ :
स्याङ्जाको वालिङम बृहत् रक्तदान कार्यक्रम गरिएको छ । गत भदौ १० गते रसुवा, भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइते नागरिकहरूको उपचारमा हुनसक्ने रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।
पूर्णामृत भवानी माध्यमिक विद्यालयमा सञ्चालित नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको आयोजनामा मङ्गलबार भएको रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत सङ्कलन गरिएको छ ।
विपद्को घडीमा घाइतेहरूको जीवन रक्षाका लागि रगतको कमी हुन नदिने र प्रभावितहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले जानकराी दिनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले देशमा सङ्कट आएका बेला विद्यार्थीहरुको सक्रियतामा मानवीय सहयोगमा जुट्नु राम्रो काम भएको बताउनु भयो । बाढीबाट पुगेको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै सांसद तिवारीले विपद्को समयमा सम्पूर्ण नेपालीहरू जात, धर्म र राजनीतिक विचारभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा उहाँको जोड छ ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहजीकरणमा सम्पन्न कार्यक्रममा रेडक्रस स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले मानवीय सेवा र सामाजिक उत्तरदायित्वबारे प्रकाश पार्नु भयो ।
समाचार
थप सामाग्री-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
५ दिन अगाडि
स्याङ्जा: नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहँदा स्याङ्जाको राजनीतिमा युवा पुस्ताको उपस्थिति झनै सशक्त बन्दै गएको छ। यसै क्रममा स्याङ्जा क्षेत्र…


