बाढीका घाइतेलाई मध्यनजर गर्दै रक्तदान गरियो ।
वालिङ :
भोटेकोशी बाढीमा परी घाइते भएकाहरुका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको छ । जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा आज भीरकोट बयरघारीमा रक्तदान शिविर सञ्चालन गरी १११ पिन्ट रगत सङ्कलन गरिएको हो ।
घाइतेको सङ्ख्या धेरै भएकाले रगतको अभाव हुनसक्ने भएकाले रगत अभाव हुन नदिन रक्तदान शिविरमार्फत स्वतः फूर्त रुपमा रगत सङ्कलन गरिएको नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले बताउनुभयो । देशमा सङ्कट आएका बेला मानवीय सहयोगमा जुट्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भई रक्तदान शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो ।
शिविरमा रक्तदाता स्वतःफूर्त रुपमा सहभागी हुनुभएको थियो । यहाँ सङ्कलन भएको रगत नेपाल रेडक्रस सोसाइटीको स्याङ्जास्थित ‘ब्लड बैंक’मा राखिने र आवश्यकताका आधारमा पठाउने व्यवस्था मिलाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


