बाढीका घाइतेलाई मध्यनजर गर्दै रक्तदान गरियो ।
वालिङ :
भोटेकोशी बाढीमा परी घाइते भएकाहरुका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको छ । जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा आज भीरकोट बयरघारीमा रक्तदान शिविर सञ्चालन गरी १११ पिन्ट रगत सङ्कलन गरिएको हो ।
घाइतेको सङ्ख्या धेरै भएकाले रगतको अभाव हुनसक्ने भएकाले रगत अभाव हुन नदिन रक्तदान शिविरमार्फत स्वतः फूर्त रुपमा रगत सङ्कलन गरिएको नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले बताउनुभयो । देशमा सङ्कट आएका बेला मानवीय सहयोगमा जुट्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भई रक्तदान शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो ।
शिविरमा रक्तदाता स्वतःफूर्त रुपमा सहभागी हुनुभएको थियो । यहाँ सङ्कलन भएको रगत नेपाल रेडक्रस सोसाइटीको स्याङ्जास्थित ‘ब्लड बैंक’मा राखिने र आवश्यकताका आधारमा पठाउने व्यवस्था मिलाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


