व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
वालिङ :
वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित भइसकेको अवस्थामा अब सबैको ध्यान वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित भएको छ। यस पदका लागि तिवारी प्यानलबाट उम्मेदवार बनेका स्थापित व्यवसायी एवं सामाजिक अभियन्ता शंकर डुम्रे बलिया दाबेदारका रूपमा देखिएका छन्।
लामो समयदेखि वालिङको आर्थिक र सामाजिक क्षेत्रमा सक्रिय डुम्रे अर्थशास्त्र विषयमा स्नातकोत्तर (MA) उत्तीर्ण बौद्धिक व्यक्तित्व हुन्। व्यवसायसँगै शिक्षा क्षेत्रमा पनि उत्तिकै सक्रिय उनी हाल वालिङस्थित नेपाल आदर्श माध्यमिक विद्यालय तथा क्याम्पसका अध्यक्ष हुन्। उनकै नेतृत्वमा विद्यालयलाई गुणस्तरीय र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने अभियान अघि बढिरहेको छ। ‘नेपालमै केही गर्नुपर्छ’ भन्ने दृढ सोच र युवामैत्री स्वभावका कारण उनी स्थानीय व्यवसायी र युवामाझ निकै लोकप्रिय छन्।
वालिङको अर्थतन्त्र चलायमान बनाउने ‘डुम्रे भिजन’
वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएमा वालिङको समग्र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने डुम्रेको स्पष्ट खाका छ। उनले अघि सारेका मुख्य योजनाहरू यसप्रकार छन्:
-
पर्यटनबाट आर्थिक समृद्धि: गह्रौँसुर मन्दिर, बाहुनथान, अकला देवी मन्दिर, पित्लेक, सुन्तलाबारी होमस्टे र आँधीखोला जस्ता पर्यटकीय क्षेत्रको व्यापक प्रवर्द्धन गरी स्थानीय व्यापार फस्टाउने।
-
दक्ष जनशक्ति र सीपमूलक तालिम: बजारमा रहेको दक्ष श्रमशक्तिको अभाव हटाउन बजारको मागअनुसार स्थानीय स्तरमै सीपमूलक तालिम सञ्चालन गर्ने।
-
लगानीमैत्री वातावरण र रोजगारी: वालिङमा बाह्य तथा ठूला लगानी भित्र्याउने, स्थानीय उद्योगीहरूको सहभागितामा व्यवसाय विस्तार गर्ने र नयाँ रोजगारी सिर्जना गर्ने।
-
स्थानीय उत्पादनको ब्रान्डिङ: रैथाने उत्पादनहरूलाई ब्रान्डिङ गरेर वालिङलाई राष्ट्रिय पहिचान दिलाउने।
“म साना, मझौला र ठूला सबै व्यवसायीको साझा आवाज बनेर काम गर्नेछु। व्यवसायीका हरेक समस्या समाधानमा उद्योग वाणिज्य संघलाई अभिभावकीय भूमिकामा उभ्याउने मेरो प्रतिबद्धता छ,” व्यवसायीहरूसँग मत माग्दै डुम्रेले भने।
मैदानमा दुई बलिया प्यानल: कुन पदमा को-को छन् प्रतिस्पर्धी?
अध्यक्षमा तिवारी निर्विरोध भए पनि वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका बाँकी पदहरूमा प्यानलसहित चुनावी भिडन्त हुँदैछ। मैदानमा उत्रिएका दुवै समूहका उम्मेदवारहरूको विवरण यसप्रकार छ:
अनुपमा ढुङ्गाना तिवारी (नेतृत्व) र शंकर डुम्रे प्यानल
-
वरिष्ठ उपाध्यक्ष: शंकर डुम्रे
-
उपाध्यक्ष: सुविन्द्र गुरुङ (सुबिन)
-
महासचिव: विमल अर्याल
-
सचिव: अशोक पौडेल
-
कोषाध्यक्ष: केशव पराजुली
-
सह–कोषाध्यक्ष: गोविन्द तिवारी
-
सदस्यहरू: अनुरुद्र पाण्डे (अशोक), छायादेवी लुइँटेल अधिकारी, नितु जेडी राना, पार्वती पगेनी, रमेश भुसाल, विनोद पराजुली, सुन्दर न्यौपाने, सुन्दर विक र स्वीकार कोइराला।
प्रकाश अर्याल नेतृत्वको प्यानल
-
वरिष्ठ उपाध्यक्ष: प्रकाश अर्याल
-
उपाध्यक्ष: शिव पगेनी ‘गोरे’
-
महासचिव: खिमानन्द पराजुली ‘कृष्ण’
-
सचिव: दुर्गा कुमारी न्यौपाने
-
कोषाध्यक्ष: चिरञ्जीवी रेग्मी ‘नविन’
-
सह-कोषाध्यक्ष: लोक प्रसाद काफ्ले
-
सदस्यहरू: धन बहादुर कुँवर, सूर्य प्रसाद रेग्मी ‘सुरज’ , राज भट्टराई , शान्ति श्रेष्ठ ‘गंगा’ , देउरुपा डुम्रे र रुक्मागत गैह्रे ।
घरदैलो अभियान तीव्र, असार २१ मा फैसला
निर्वाचनको मिति नजिकिएसँगै दुवै प्यानलका उम्मेदवारहरू यतिबेला उत्साहका साथ व्यवसायीहरूको घरदैलो र पसल–पसलमा पुगेर मत माग्न र आ–आफ्नो एजेन्डा बुझाउन व्यस्त छन्। वालिङका उद्योगी व्यवसायीहरूले कसलाई नेतृत्व सुम्पिने हुन्, त्यसको फैसला आगामी असार २१ गते हुने मतदानले गर्नेछ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ दिन अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


