वालिङमा टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
स्याङ्जा :
सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित पक्की पुलमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको दुःखद् निधन भएको छ।
मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको टेलरले सोही दिशातर्फ गइरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ–६ आमडालीका ५५ वर्षीय बिनोद अर्यालको मृत्यु भएको हो।
उपचारका क्रममा अस्पतालमा निधन
साँझ करिब ५:३० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका अर्यालको हात, खुट्टा र छातीमा गम्भीर चोट लागेको थियो। उनलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ ल्याइएकोमा साँझ ६:२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक अर्यालको शव अहिले सोही अस्पतालमा राखिएको छ।
टेलर र चालक प्रहरी नियन्त्रणमा
दुर्घटना गराउने टेलर र त्यसका चालक बैतडीको मेलौली नगरपालिका–२ बस्ने २४ वर्षीय निरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
टेलर र चालक दुवैलाई वडा प्रहरी कार्यालय वालिङमा राखी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


