विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना
स्याङ्जा :
शिक्षा, स्वास्थ्य, खेलकुद, विपदका क्षेत्रमा सहयोगमा सक्रिय खुमा अर्याल फाउण्डेसन स्याङ्जाले प्राथमिक उपचार कक्ष स्थापना गरेको छ ।
फाउण्डेसनले पुतलीबजार नगरपालिका– १ मा रहेको त्रिभुवन आदर्श माविमा पहिलो पटक विद्यार्थी, शिक्षक तथा कर्मचारीको आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले फाउण्डेसनले प्राथमिक उपचार कक्ष स्थापना गरेको हो ।
फाउण्डेसनले पाँच वर्षमा जिल्लामा सबै विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गर्ने लक्ष्य लिएको छ ।फाउण्डेसनले प्राथमिक उपचार सम्बन्धित सामग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ ।
गण्डकी मेडिकल कलेज इमर्जेन्सी विभाग प्रमुख डा. तरुण पौडेलले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनु भएको हो । फाउण्डेसनले यसवर्ष स्याङ्जाका ११ पालिकाका स्थानीय सरकारले सिफारिस गरेका ५० माध्यमिक विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गर्ने लक्ष्य लिएको र पाँच वर्षमा जिल्लाका सबै विद्यालयमा उपचार कक्ष स्थापना गर्ने फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो ।
उहाँले उपचार कक्षको लागि आवश्यक प्राविधिक तथा औषधी फाउण्डेसनले उपलब्ध गराउने बताउनुभयो । उपचार केन्द्र चलाउन र औषधीको व्यवस्था गर्न एक विद्यालयमा वार्षिक ६५ हजार लाग्ने शर्माले बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले विद्यालयमा अत्यावश्यक कक्षको स्थापना भएको र यसकालागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
सदरमुकाममा रहेको यस कार्यालयमात्र नभई नगरपालिकाका अन्य विद्यालयमा पनि पुगेर प्राथमिक उपचार कक्ष स्थापनाका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको रेग्मीले बताउनुभयो ।
विद्यार्थीलाई लक्षित प्राथमिक सेवा अत्यन्तै उपयोगी हुने बताउँदै स्वास्थ्य र शिक्षाको प्राथमिक उपचार सेवाबाट कुनै पनि बालबालिका बञ्चित हुन नहुनेमा रेग्मीले जोड दिनुभयो ।
फाउण्डेसनले मुख्य गरेर खेलकुदमा ५७ लाख २९ हजार ६६५ रुपियाँ, वृद्धाश्रम र बालगृहमा सहयोग दुई लाख २५ हजार ७७१ रुपियाँ, शिक्षामा १२ लाख ४१ हजार तीनसय रुपियाँ, पोषणमा दुई लाख ५२ हजार चार रुपियाँ खर्च गरेको हो ।
२०७५ साल मङ्सिर ५ गते स्थापना भएको यस संस्थाले आब ०८२/८३ मा ९७ लाख ११ हजार ६६७ रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


