मिलन समीरको निर्बन्ध-काव्यमाथि स्याङ्जामा विमर्श
वालिङ :
स्याङ्जाको वालिङमा युवाकवि मिलन समीरको नवीनतम निर्बन्ध-काव्य ‘म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु’ माथि सोमबार विशेष विमर्श गरिएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७ औं वर्षोत्सवका अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले यो कार्यक्रम आयोजना गरेको हो ।
अभियानको ४० औं शृंखलाका रूपमा वालिङ ६ स्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालयमा यो विमर्श सम्पन्न भयो । १६ चैत सोमबार आयोजित यस कार्यक्रमलाई स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक फुटकर रचनामाथि केन्द्रित भएर गरिएको गम्भीर छलफलका रूपमा हेरिएको छ ।
अनौपचारिक रूपमा सञ्चालन भएको कार्यक्रमलाई कवि मिलन समीरले नै सहजीकरण गरे । विमर्शमा शम्भु अर्याल, युवराज सुवेदी, वसन्त खनाल र पारिश्वर न्यौपानेले उक्त रचनामाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी राखे । उपस्थित साहित्यप्रेमीहरूले नयाँ शैलीको काव्य यात्रा सुरु भएको भन्दै लेखकलाई शुभकामना दिए ।
स्याङ्जाको करादीखोलामा जन्मिएका समीर हाल वालिङमा बसेर साहित्यमा सक्रिय छन् । उनका ‘गाउँमा साइरन बजेपछि’ (कविता संग्रह–२०६९), ‘प्रिय दुश्मन’ (शृंखला कविता– २०७९), ‘मिलन समीर र मिलन समीरहरू’ (शृंखला कविताहरू– २०८०) र ‘मिलनमन्त्र’ (मायालु मुक्तकहरू– २०८०) जस्ता कृति प्रकाशित भइसकेका छन् । थुप्रै पुस्तकको सम्पादन समेत गरेका उनले स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न पुरस्कार र सम्मान पाएका छन् ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


