साधारण सभा सम्पन्न
शुष्मा वोस्ती/वालिङ :
फेदी मोहोरिया खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितको साधारण सभा सम्पन्न भएको छ ।
वालिङ नगरपालिका वडा नं. १० मा रहेको संस्थाले ११ औं साधारण सभा सम्पन्न गरेको हो ।
साधारणसभाका अवसरमा संस्थाका सल्लाहकार संयोजक राजेन्द्र प्रसाद गैह्रे तथा पूर्व अध्यक्ष हिमनिधि पंगेनीलाई सम्मानित गरिएको छ ।
संस्थाका अध्यक्ष सूर्य प्रसाद पौडेल, उपाध्यक्ष गुरु ढकाल र सचिव हरिनारायण डुम्रेले गैह्रे र पंगेनीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मानित गर्नु भएको हो ।
२०७२ सालमा स्थापना भएको संस्थामा ८१ घरपरिवारका सदस्यहरुले खानेपानी उपभोग गर्दै आएका छन् । आर्थिक बर्ष २०६०÷६१ बाट नयाँ व्यवस्थापन सहित खानेपानी आयोजना सञ्चालन भएको थियो ।
कार्यक्रममा सल्लाहकार संयोजक राजेन्द्र प्रसाद गैह्रेले बढ्दो सहरीकरणसँगै खानेपानीका थप मूलहरुको खोजी गर्नु पर्नेमा जोड दिनुभयो । पहिलेका मूल र ट्याङ्कीले माग धान्न समस्या हुने भन्दै यसको छिट्टै व्यवस्थापन र खोजी गर्नु पर्नेमा उहाँको जोड छ ।

यस्तै पूर्व अध्यक्ष हिमनिधि पंगेनीले खानेपानीको व्यवस्थापनको लागि सवैले ध्यान दिनु पर्ने बताउनु भयो । पानी सहज जीवनको लागि पहिलो सर्त भएको भन्दै पंगेनीले ट्याङ्की मर्मत र नयाँ पाईप व्यवस्थापनमा जोड दिन आग्रह गर्नु भयो । संस्थाले निर्माण गर्न लागेको संरक्षण तथा मर्मत कोषमा पंगेनीले रु ५ हजार प्रदान गर्नु भयो ।
कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद पौडलले एक बर्षमा भएका क्रियाकलाप र आगामी दिनमा गरिने योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै सचिव हरिनारायण डुम्रेले प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष बसुन्धरा डुम्रेले कोषाध्यक्षको प्रतिबेदन पस्तुत गर्नु भएको थियो ।
तत्कालिन जिल्ला विकास समिति मार्फत उपभोक्ताको लागत साझेदारीमा खानेपानी योजना निर्माण भएका थियो । पछिल्ला बर्षहरुमा वालिङ नगरपालिका र वडा अध्यक्ष सुनिल खनालले खानेपानीको व्यवस्थापनका लागि महत्वपूर्ण सहयोग गरेको अध्यक्ष पौडेलले बताउनु भयो ।
खानेपानी उपभोक्ता समितिका सहसचिव कल्पना गौतमका अनुसार चौबिसै घण्टा धारमा पानी आउनेगरी तयारी भईरहेको जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गले दुई भागमा छुट्याएको सो क्षेत्रमा उपभोक्ता स्तरबाट खानेपानीको सहज व्यवस्थापन गरिँदै आएको सचिव हरिनारायण डुम्रेले बताउनु भयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


