वालिङमा कक्षा ८ को नगरस्तरीय परीक्षामा तोकीयो २५ केन्द्राध्यक्ष
वालिङ :
वालिङ नगरपालिका ले कक्षा ८ को नगरस्तरीय परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन २५ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्षलाई जिम्मेवारी तोकेको छ।
नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई एउटै मापदण्डअनुसार परीक्षा सञ्चालन गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ। यसले प्रतिस्पर्धात्मक र समान अवसरयुक्त शिक्षा प्रणाली निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नगर शिक्षा प्रमुख ख्यामनारायण काफ्ले ले परीक्षा निष्पक्ष, पारदर्शी र अनुशासित रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा गरिएको बताउनुभयो। उहाँका अनुसार नगरस्तरमै एउटै प्रश्नपत्र र मूल्यांकन प्रणाली लागू गरिँदा विद्यार्थीको वास्तविक शैक्षिक स्तर मापन गर्न सहज हुनेछ।
परीक्षा चैत्र ५ गते देखि संचालन हुने र १२ गते सम्पन्न हुने नगर शिक्षा अधिकृत गिता पाठकले बताउनुभयो ।
यस वर्ष नगरभित्रका ३५ विद्यालयका ९४३ विद्यार्थीले उक्त परीक्षामा सहभागी हुँदैछन्। परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुगमन तथा सहजीकरणका लागि विशेष टोली समेत परिचालन गरिएको नगरपालिकाले जनाएको छ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


