स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
स्याङ्जा :
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना स्वतन्त्र उम्मेदवार र ११ जना विभिन्न दलका गरी १२ जना उम्मेदवारले चुनावमा भाग लिएका थिए । निर्वाचनमा विजेता रास्वपाका उम्मेदवार धनन्जय रेग्मी, कांगे्रसका उम्मेदवार भरतराज ढकाल उपविजेता र नेकपा एमालेका मिनप्रसाद गुरुङ तेस्रो स्थानमा रहनुभएका बाहेक अन्य ९ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नं. १ मा कुल सदर मत ६८ हजार ३६ को १० प्रतिशत मत नआउने उम्मेदवारको जमानत जफत हुन्छ । क्षेत्र नं. १ मा कुल १ लाख ३० हजार ८८६ मतदाता रहेपनि ७० हजार ९४४ मत खसेको थियो । जसमा २ हजार ९०८ मत बदर भएको थियो ।
नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर रानाले ६९८, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९, मंगोल नेशनल अर्गनाईजेसनका यामबहादुर गुरुङले २१६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले १७६ मत, नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियार ५७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३०, स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत प्राप्त गरेकाले उहाँहरुको जमानत जोगिन नसकेको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


