एनआईएमबीको वित्तीय साक्षरता
प्रकाश डोटेल/स्याङ्जा :
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक पुतलीबजार शाखाको आयोजनामा जिल्ला सदरमुकामस्थित एक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विशेष गरेर विद्यार्थी वर्गलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
वित्तीय साक्षरता कार्यक्रममा जिल्ला सदरमुकामको रोशनी आवासिय माध्यमिक विद्यालयका शिक्षक, शिक्षिका, कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिलाई बैंकका शाखा प्रबन्धक चक्र बश्याल र कर्मचारी अस्मिता ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागिहरुलाई सहजीकरण गर्दै प्रबन्धक बश्याल र ढकालले बचत गर्ने बानीको विकासले मानिसलाई धनी बन्न सहज हुने बताए । बचत रकमको परिचलानबाट आर्थिक उपार्जन र आर्थिक उपार्जनबाट प्राप्त गरिने उपलब्धीहरुका बारेमा उनीहरुले जानकारी दिएका थिए ।
विश्वभर मार्च १६ देखि २२ सम्म साताव्यापी रुपमा मनाईएको ‘ग्लोबल मनी वीक’ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकको पुतलीबजार शाखाले जनाएको छ । वित्तीय साक्षरता कार्यक्रम अगाडी प्रगतीनगर बजार क्षेत्रमा सचेतना ¥याली निकालिएको थियो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न अवसरमा रचनात्मक कार्यक्रम गर्दै आएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालय, विपन्न परिवार रहेको समुदायलाई लक्षित कार्यक्रम समेत गर्दै आएको जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


