स्याङ्जामा तारजालीसहितको मतगणनास्थल तयार
स्याङ्जा :
स्याङ्जामा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि दुई वटै निर्वाचन क्षेत्रमा तारजाली लगाएर स्थल तयार पारिएको हो ।
स्याङ्जा क्षेत्र नं.१ को मतगणनाको लागि जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नं. २ को वालिङ नगरपालिकाको सभाहलमा मतगणनास्थल तयार पारिएको छ ।
मतगणनास्थलमा तारजाली लगाउने र आवश्यक अन्य तयारीको काम पूरा भएको स्याङ्जाका मूख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । मतगणना स्थलमा रहेका सिसी टिभीको अवस्था, उम्मेदवार र प्रतिनिधि बस्ने ठाउँ आदिको तयारी गरिएको गौतमले बताउनुभयो ।
वालिङ नगरपालिकामा दुई वटा मतगणनास्थल तयार पारिएको छ । तारजाली भित्र कर्मचारीहरुले मतगणना गरेको स्पष्ट देख्ने गरी व्यवस्था मिलाइएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन पश्चात आउने मतपेटिका राख्ने ठाउँलाई सरक्षित बनाइएसँगै मत गणनास्थल निर्माण गरिएको उहाँको भनाइ छ ।
गल्याङ र चापाकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाको पूरै वडा तथा वालिङ नगरपालिकाको ३ र ४ बाहेक सबै वडा तथा भीरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ गरी पाँच वटा वडा क्षेत्र नं.२ मा पर्दछन् । स्याङ्जामा ११ पालिका रहेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


