भरतराज ढकाललाई पत्रः स्याङ्जा क्षेत्र नं. १ का मतदाताका तर्फबाट
प्रिय भरतराज ढकालज्यू,
नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तपाईंलाई उम्मेदवार बनाएको खबरले हामी स्याङ्जा क्षेत्र नं. १ का मतदातामा ल्याएको उत्साहलाइ मतपेटीकामा उतार्ने दिन नजिकै आइसकेको छ।
तर हाम्रो उत्साह केवल तपाईं कुनै पार्टीको उम्मेदवार भएकोले होइन, बरु हाम्रो क्षेत्रको सम्भावना, विकास र भविष्यसँग जोडिएको एउटा प्रतिबद्ध नेतृत्वलाइ मतदानमार्फत चुनेर पठाउन पाउने अवसर पाएकोले हो।
आजको देशको मुख्य अवस्यकता भनेको राजनीतिलाइ आर्थिक रूपान्तरणसँग जोडिनुपर्ने हो। वित्तीय व्यवस्थापन, पूँजी परिचालन, जोखिम व्यवस्थापन र संस्थागत विकासको अनुभव संसदमा आवश्यक छ र तपाईंले त्यो अनुभव बोकेर आउनुभएको छ। मुक्तिनाथ विकास बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत र पछि अध्यक्षको जिम्मेवारी सम्हाल्दै राष्ट्रियस्तरमा विकास बैंकलाई अग्रणी स्थानमा पुर्याउने, हजारौँ रोजगारी सिर्जना, कृषि कम्पनि मार्फत कृषि क्षेत्रको आधुनिकीकरण, लघुवित्तमार्फत हजारौँ परिवारको आर्थिक सशक्तिकरण लगायतमा तपाइँको भुमिकाले हामी मतदातालाइ विना कुनै अन्योल रुख चिन्हमा मतदान गरी यस क्षेत्रबाट तपाँइलाइ जिताइ पठाउन उत्सुक बनाएको छ ।
तपाईंले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सृजनालाई प्राथमिकता दिनुभएको छ। कृषिलाई सम्मानित पेशा बनाउँदै लाखौँ रोजगारी सिर्जना गर्न सकिने तपाईंको दृष्टिकोण स्याङ्जाजस्तो कृषिप्रधान जिल्लाका लागि अत्यन्त सान्दर्भिक छ। यदि वित्तीय अनुशासन र कृषि उत्पादनको रणनीति जोडियो भने स्थानीय अर्थतन्त्र बलियो बन्न सक्छ। यही संयोजनले जिल्लाको समृद्धि सम्भव छ भन्ने विश्वास हामी सबै मतदातामा छ।
राजनीति केवल सत्ता प्राप्ति मात्र होइन, सामाजिक जिम्मेवारीको विस्तार पनि हो। जिल्ला बाल कल्याण समिति र मानव अधिकार तथा शान्ति समाजको अध्यक्षका रूपमा तपाईंको भूमिका, टुहुरा बालबालिकाका लागि सहारा समूह सञ्चालन, रुद्र–जमुना शैक्षिक प्रतिष्ठान र मुक्तिनाथ फाउण्डेशन आदि मार्फत शिक्षा, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा निरन्तर संलग्नता तपाँइको सामाजिक सेवाभावमा आधारित सार्वजनिक जीवनशैलीले हामीलाइ थप गैरवान्वित गरेको छ । तपाईंको उम्मेदवारी वित्तीय सफलता, सामाजिक सेवा र कृषि–आधारित आर्थिक रूपान्तरणको संयोजनका रूपमा प्रस्तुत भएको छ।
भद्र, शालीन र संवादमुखी छवि आजको विभाजित राजनीतिक वातावरणमा झन् महत्वपूर्ण छ। मतदाताका लागि नेता “दूरको व्यक्ति” नभई “नजिकको प्रतिनिधि” हुनुपर्छ। नेतृत्वमा सरलता र पहुँचता लोकतन्त्रको महत्वपूर्ण पक्ष हो। तपाईंको सार्वजनिक भेटघाट, गाउँ–गाउँको सहभागिता र स्थानीय सरोकारमा सक्रिय उपस्थिति आदिले हामीलाइ तपाँइप्रति थप सकारात्मक बनाएको छ ।
अन्यमा,
हामी तपाँइलाइ मतदान गर्नेछौं, तपाईं संसदमा पुगेर पार्टीको होइन, सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व गर्नुहाेस ।
चुनावपश्चात संसदमा पुगेर तपाईंले नीतिगत सुधार, स्थानीय रोजगारी, कृषि आधुनिकीकरण र पारदर्शी शासनको पक्षमा दृढ आवाज उठाउनुभयो भने, स्याङ्जा क्षेत्र नं. १ ले सही निर्णय गरेको ठहरिनेछ। छ। हामी मतदाताहरूको अपेक्षा स्पष्ट छ, अनुभवलाई परिणाममा रूपान्तरण गर्नुस्, विश्वासलाई जिम्मेवारीमा बदल्नुस् र स्याङ्जालाई सम्भावनाको जिल्लाबाट समृद्धिको जिल्लामा पुर्याउनुस्।
विश्वासका साथ,
महेश्वर ढकाल
स्याङ्जा क्षेत्र नं.१ को मतदाता

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


