बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि …

arrested

स्याङजा : बुवाको हत्यामा आफ्नै साहिंला छोराको संलग्नता देखिएपछि प्रहरीले ३६ बर्षीय तोरण कार्कीलाई कारागार पठाएको छ ।

७१ बर्षीय बुवाको हत्या आरोपित कार्कीलाई बिहीबाार साँझ पूर्वक्षका लागि कारागार चलान गरिएको छ ।

घटना पुतलीबजार नगरपालिका–७ बाचपुरमा फागुन २ गतेको हो । साँझको खाना खाइवरी सुतेका तुलबहादुर भोलिपल्ट बिहान मृत भेटिएका थिए । छोरा कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले त्यसपछि घटनालाई सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढायो ।

कार्की सोही दिन बाचपुरबाट पक्राउ परेका थिए । कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया पुरा गरी बिहीबार अदालतमा उपस्थित गराइएका तोरणलाई अदालतकै आदेश बमोजिम पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP