बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि …

arrested

स्याङजा : बुवाको हत्यामा आफ्नै साहिंला छोराको संलग्नता देखिएपछि प्रहरीले ३६ बर्षीय तोरण कार्कीलाई कारागार पठाएको छ ।

७१ बर्षीय बुवाको हत्या आरोपित कार्कीलाई बिहीबाार साँझ पूर्वक्षका लागि कारागार चलान गरिएको छ ।

घटना पुतलीबजार नगरपालिका–७ बाचपुरमा फागुन २ गतेको हो । साँझको खाना खाइवरी सुतेका तुलबहादुर भोलिपल्ट बिहान मृत भेटिएका थिए । छोरा कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले त्यसपछि घटनालाई सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढायो ।

कार्की सोही दिन बाचपुरबाट पक्राउ परेका थिए । कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया पुरा गरी बिहीबार अदालतमा उपस्थित गराइएका तोरणलाई अदालतकै आदेश बमोजिम पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP