स्याङजा–१ : रास्वपाका डा.धनञ्जय रेग्मी विजयी
स्याङ्जा :
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जा क्षेत्र नं – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनन्जय रेग्मी विजयी हुनु भएको छ ।
डा. रेग्मीले प्रत्यासी नेपलाी कांग्रेसका भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय यात्रा तय गर्नु भएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार भरत राज ढकालले १८ हजार ८५७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जनाउनुभयो ।
यस्तै नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङले १६ हजार ८०४ मत प्राप्त गर्दै तेस्रो बन्नुभएको हो ।
यहाँ १२ जना उम्मेदवार रहेकोमा सबैलाई पछाडि पार्दै डा रेग्मीले जित दर्ता गर्नु भएको हो ।
यो क्षेत्रमा पर्ने हरिनास, अर्जुन चौपारी, आँधीखोला, फेदिखोला, पुतलीबजार र भिरकोट–१, २, ३ र ४, वालिङ –३ र ४ का मतदाताले मतदान गरेका थिए । यस क्षेत्रमा दुई हजार ९०८ मत बदर भएको थियो ।
मतदानमा यहाँ एक लाख ३० हजार ८८६ मतदाता रहेकोमा ७० हजार ९४४ मत खसेको थियो ।
को हुन डा. धनन्जय रेग्मी :
भूवैज्ञानिक र हिमनदी विज्ञ रहनु भएका पुतलीबजार नगरपालिका –५ का डा. रेग्मी पहिलो पटकमै संसमा पुग्नुभएको हो ।
डा.रेग्मीले सन् २००६ मा जापानको सापोरोस्थित होकाइदियो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गर्नुभएको थियो ।
नेपाल पर्यटन बोर्डको पूर्व सीइओ समेत बन्नुभएका डा. रेग्मी अहिले तालबाट हाइड्रोपावर उत्पादन गरेर तालको पानी घटाउने नयाँ प्रविधिहरुमा क्रियाशिल रहनुभएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


