एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
वालिङ :
नेकपा एमाले क्षेत्र नं. २ का उम्मेदवार खिमबहादुर थापाले आफ्नो संकल्प पत्रमा सुशासन र पारिदर्शिता, कृषि तथा पशुपंक्षी क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक विकास र महिला शसक्तिकरण, पुर्वाधार विकास, पर्यटन, धार्मिक, सांस्कृतिक र वातावरणीय विकास, सामाजिक न्याय र समावेशिता, युवा तथा खेलकुदको विकासहरु समेटिएको छ ।
विद्यार्थीकालदेखि नै राजनितिक, सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा अग्रसर थापाले नवयुवाहरुले आन्दोलनमार्फत उठाएको मुलुकको सुशासन स्थापनालाई पहिलो प्राथामिकतामा राख्नुभएको छ । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र प्रशासनिक एवं राज्यका निकायहरुमा हुने ढिलासुस्ती हटाउनेदेखि कृषि तथा पशुपंक्षी, पर्यटन क्षेत्रको विकास गर्दै स्वरोजगार स्थापना गर्ने थापाको संकल्प पत्रमा उल्लेख छ ।
दुग्ध विकास संस्थाको कार्यकारीमा रहँदा र कालीगण्डकी गाउँपालिका अध्यक्ष रहँदा इमान्दारिता र समर्पणको चिनारीलाई सार्वजानिक रुपमा व्यवहारमा उर्तादै कृषिका उर्वर भुमिहरु कालीगण्डकी, आँधिखोला, लुब्दिखोला, ज्याग्दीखोला, मिर्दिखोला, पाठखोला, बायँखोलालगायतका समथर फाँट तथा टारहरुलाई उचित प्रयोग गरी कृषकहरुलाई व्यवसायिक बनाउने, सहुलियत ऋण, कृषि तथा पशुपालनमा आवश्यक प्राविधिक सहयोग, बजार व्यवस्थापनमा उचित योजना बनाउने उल्लेख छ ।
हरेक पालिकाहरुमा व्यवसायिक शिक्षालाई प्रोत्साहन गर्दै सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्रि बनाउने, १ निर्वाचन १ सुविधा सम्पन्न अस्पताल, एक पालिका एक उद्योगको स्थापना, ग्रामिण कच्ची मुख्य सडकको स्तरोन्नति तथा कालोपत्रे, करिडोर, अन्तरपालिका, अन्तरजिल्ला जोडने सडक स्तरोन्नति तथा कालोपत्रे, सिद्धार्थ राजमार्गको स्तरोन्नति, आँधिखोला हाईड्याम निर्माण जस्ता महत्वकांक्षी योजनाहरु थापाको संकल्प पत्रमा उल्लेख छ ।
धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रर्वद्धन गर्दै पवित्र महिमा बोकेको राम्दीदेखि चितवनको देवघाटसम्म जल यातायातको विकास, बहुजातीय, बाहुसांस्कृतिक पहिचान रहेको क्षेत्रमा रहेका खस, आदिबासी जनजाति, अल्पसंख्यक तथा दलित समुदायको आफ्ना परम्परा, भेषभूषा तथा आस्थाको जर्गेणा गर्दै जातजातिमा रहेका आफ्ना भाषालाई संरक्षण गर्न राष्ट्रिय स्तरमा समन्वय गर्ने उल्लेख छ । युवाहरुलाई प्रत्येक वडामा व्यायाम केन्द्र, बहुउद्देश्यीय रंगाशालाको निर्माणलगायतका विषयलाई उम्मेदवार थापाले आफ्नो संकल्प पत्रमा उल्लेख गर्नुभएको छ ।
कालीगण्डकी गाउँपालिका, चापाकोट, गल्याङ नगरपालिका, वालिङका ३ र ४ नम्बर वडा बाहेकका वडाहरु र भीरकोटका ५, ६, ७, ८ र ९ नम्बर वडाहरु स्याङ्जा क्षेत्र नं. २ मा पर्दछ । यहाँ १ ल ख १७ हजार ९३० मतदाता रहेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
१ महिना अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


