लगातार दोस्रो पटक गल्याङले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड ।
वालिङ :
१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले हात पारेको छ । योसँगै लगातार दास्रोे पटक गल्याङले उपाधी जितेको हो ।
प्रतियोगितामा जिल्लाका १० वटा स्थानीय तहबाट छनोट भएर आएका पाँच सय भन्दा धेरै खेलाडीबिच चार वटा विधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो । सहभागिले ४२ स्वर्ण र ४२ रजत र ५६ कास्य पदकको लागि प्रतिस्पर्धा गरेका हुन् ।
गल्याङले १० स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जित्दै रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । यस्तै, दोस्रो भएको पुतलीबजार नगरपालिकाले १० स्वर्ण, चार रजत र पाँच काँस्य पदक प्राप्त गर्न सफल भयो ।
तेस्रो स्थानमा रहेको वालिङ नगरपालिकाले सात स्वर्ण, १६ रजत र १० काँस्य पदक जित्न सफल भएको छ ।
यसैगरी, चौथो स्थानमा चित्त बुझाएको फेदीखोला गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ काँस्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन काँस्यसहित पाँचौ स्थानमा चापाकोट नगरपालिका रह्यो भने विरुवा गाउँपालिकाले दुई स्वर्ण तथा भीरकोट नगरपालिका, कालीगण्डकी,अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाले एक÷एक स्वर्ण सहितका पदकहरु हात पारेका छन् ।
११ पालिका रहेको स्याङ्जामा हरिनास गाउँपालिका बाहेक सवै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिका सचिव रत्न गुरुङले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


