लगातार दोस्रो पटक गल्याङले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड ।

वालिङ :
१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले हात पारेको छ । योसँगै लगातार दास्रोे पटक गल्याङले उपाधी जितेको हो ।
प्रतियोगितामा जिल्लाका १० वटा स्थानीय तहबाट छनोट भएर आएका पाँच सय भन्दा धेरै खेलाडीबिच चार वटा विधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो । सहभागिले ४२ स्वर्ण र ४२ रजत र ५६ कास्य पदकको लागि प्रतिस्पर्धा गरेका हुन् ।
गल्याङले १० स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जित्दै रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । यस्तै, दोस्रो भएको पुतलीबजार नगरपालिकाले १० स्वर्ण, चार रजत र पाँच काँस्य पदक प्राप्त गर्न सफल भयो ।
तेस्रो स्थानमा रहेको वालिङ नगरपालिकाले सात स्वर्ण, १६ रजत र १० काँस्य पदक जित्न सफल भएको छ ।
यसैगरी, चौथो स्थानमा चित्त बुझाएको फेदीखोला गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ काँस्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन काँस्यसहित पाँचौ स्थानमा चापाकोट नगरपालिका रह्यो भने विरुवा गाउँपालिकाले दुई स्वर्ण तथा भीरकोट नगरपालिका, कालीगण्डकी,अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाले एक÷एक स्वर्ण सहितका पदकहरु हात पारेका छन् ।
११ पालिका रहेको स्याङ्जामा हरिनास गाउँपालिका बाहेक सवै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिका सचिव रत्न गुरुङले जानकारी दिनुभयो ।

 

Facebook Comments Box
TOP