सुशासन र कृषि क्रान्तिको योजनासहित स्याङ्जा-२ मा रास्वपाका डुम्रेको चुनावी वाचापत्र
वालिङ : स्याङ्जा क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार झविलाल डुम्रेले आफ्नो वाचापत्र सार्वजनिक गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभालाई लक्षित गरि डुम्रेले वाचापत्र सार्वजनिक गर्नुभएको हो ।
उहाँले वाचापत्रमा सुशासन, भ्रष्ट्राचार नियन्त्रण, पूर्वाधार विकास,कृषि तथा नागरिकका आधारभूत विषयलाई प्राथमिकतामा राख्नु भएको छ । भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गर्ने, संसदीय बहस, नीतिनिर्माण प्रक्रिया तथा कानुन संशोधनको प्रत्येक चरणमा नागरिकको मुद्दालाई प्राथामिकता राख्ने भन्दै डुम्रेले जेन्जीले उठाएका मागहरुलाई पुर्ण रुपमा अपनत्व दिएको बताउनुभयो ।
स्याङ्जालाई सुन्तला र कोदोको विशेष उत्पादन क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने भन्दै डुम्रेले कृषिमा उत्पादनदेखि बजारीकरणको ग्यारेन्टी गर्ने योजना आफ्नो रहेको बताउनुभयो । वाचापत्रमा बाँदर आतंकको दीर्घकालिन समाधानका लागि आधुनिक प्रविधि, वैज्ञानिक वन व्यवस्थापन तथा व्यवहारिक नियन्त्रणको मोडल अबलम्बन गर्न पहल गर्ने, शिक्षामा गुणस्तर र पहुँचको वृद्धि गर्ने, शिक्षामा राजनितिक हस्तक्षेप अन्त्य गर्न आवश्यक नितिगत सुधार गर्ने, हरेक पालिकामा एक प्राविधिक शिक्षालयको स्थापना गर्न पहल गर्दै सरकारी विद्यालयहरुको संरुचनात्मक सुधार गर्न पहल गर्ने उल्लेख रहेको डुम्रेको भनाइ छ ।
सिद्धार्थ राजमार्ग तथा सहायक मार्गहरुको स्तरोन्नति गर्ने तथा सडक दुर्घटनाको न्युनिकरणका लागि वैज्ञानिक सडक सुधार र ट्राफिक सुरक्षा नीतिमा विषेश जोड दिईने वाचापत्रमा उल्लेख गरिएको छ।
त्यस्तै डुम्रेले नागरिक करापत्र समेत सार्वजानिक गर्नुभएको छ । मतदाताहरुको आर्थिक स्तर उकास्ने कुनै पनि नीति र कार्यविधि निर्माण गर्न नसकेको खण्डमा पार्टीको व्यवस्था अनुसार आफू फिर्ता हुने करार गरेको डुम्रेको भनाइ छ । रास्वपाको स्थापनाकाल देखि संगठन विस्तारमा सक्रिय डुम्रे व्यवसायी हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ-८ स्थित नेपाल आदर्श क्याम्पसका प्राध्यापक एवम् नेपाल आदर्श माध्यमिक विद्यालयका माध्यमिक तह इन्चार्ज शिवलाल गौतमको असामयिक…


