स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
स्याङ्जा :
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका मनोज नेपाली दर्जीले नेपाली काँग्रेस स्याङ्जाका उम्मेद्वार भरतराज ढकाललाई समर्थन गरेका छन् । आफूले उठाउँदै आएका अजेण्डा ढकालले आत्मसाथ गरेको भन्दै परियारले समर्थन गरेका हुन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेद्वार परियारले काँग्रेसका उम्मेद्वार ढकाललाई समर्थन गरेका थिए । संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदले नीति बनाउने हो, नीति बनाउन ढकाल सक्षम भएको भन्दै उनले काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
लामो समयदेखि आफूले धनी र गरिबको दुरी कम गर्दै गरिबी हटाउने अभियान चलाएको बताउँदै परियारले गरिबी हटाउने र रोजगारी सृजना गर्ने अभियानलाई प्रभाबकारी बनाउन काँग्रेसका उम्मेद्वार ढकाललाई समर्थन र मतदान गर्न आव्हान गरे । काँग्रेस उम्मेद्वार ढकालले उठाएका अजेण्डाहरु उत्पादनमुलक, आर्थिकउर्पाजन र रोजगारी सृजना गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै उम्मेद्वार ढकालले बदलिएको काँग्रेसले बदलिएको नेपाली समाजलाई उचित तवरबाट नेतृत्व गर्न सक्ने सुनाए । ‘हामी र हाम्रो नेतृत्व बदलिएको छ, बदलिएको नेतृत्वले समाज बदल्ने अठोट गरेको छ ।’ उम्मेद्वार ढकालले भने, ‘नेपालीको आर्थिक र सामाजिक अवस्थामा परिवर्तन ल्याएर काँग्रेसले रोजगारी सृजना गर्दै आत्मनिर्भर समाज बनाउने छ ।’
काँग्रेस उम्मेद्वार ढकालले आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा–१ का हरिनाश, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, भीरकोट, वालिङ र पुतलीबजार नगरपालिकाका अधिकांश वडाहरुमा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा उम्मेद्वार ढकालले स्थानीयलाई उत्पादनसँगै आत्मनिर्भर, पूर्वाधारको विकासबाटै समृद्धि र रोजगारी सृजनाबाट समुन्नत स्याङ्जा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष भरतराज ढकाललाई नेपाली काँग्रेसले उम्मेद्वार बनाएपछि स्थानीय मतदाता उत्साहित भएका छन् । हजारौंलाई रोजगारी र लाखौंको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ढकाललाई निर्वाचन क्षेत्रका मतदाताले समर्थन गर्दै चुनावी प्रचार–प्रसारमा केन्द्रित बनेका छन् ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


