स्याङ्जाको विकास प्राथमिकतामा : भागवतप्रकाश मल्ल

वालिङ :
नेपाली काँग्रेसका नेता एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार भागवतप्रकाश मल्लले भोट माग्ने क्रममा आम मतदातासँग बोल्ने भन्दा गुनासो सुन्ने काम गरेको बताउनुभएको छ । मतदाताले तपाईहरु निर्वाचन जितेर जानुहुन्छ, त्यसपछि गाउँफर्किएर आउनुहुन भन्ने गरेको भन्दै मल्लले भन्नुभयो, “हाम्रो जनप्रतिनिधि बोलेर जानुभयो, अहिले हामीले गाली खाने काम भइरहेको छ ।”
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र न. २ रुपन्देही समितिद्धारा बुटवलमा शनिबार आयोजित उम्मेदवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै काँग्रेस उम्मेदवार मल्लले आफूले गर्न सक्ने काम बोलेको र गर्न नसक्ने काम नबोलेको बताउनुभयो ।
स्याङ्जा क्षेत्र नं २ का ५ वटा पालिकाका ४५ वटामध्ये ४० वटा वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको बताउनुभयो । स्याङ्जाको लाइफ लाइन सिद्धार्थ राजमार्ग, आधिँखोला हाइड्याम, शालिकराम कोरिडोर पुरा गर्न लाग्ने काँग्रेस उम्मेदवार मल्लले प्रतिवद्धता जनाउनुभयो ।
यसैबीच यता नेकपा एमाले क्षेत्र नं. २ का उम्मेदवार खिमबहादुर थापा मगरसहितको टोलीले शनिबार भीरकोटका विभिन्न स्थानहरुमा घरदैलो तथा मतदाता भेटघाट गरेको छ । उम्मेदवार थापाले आँफू कालीगण्डकीमा अध्यक्ष हुँदा शुरु गरेका विकासका मोडलहरु समग्र स्याङ्जामा कार्यान्वयन गरी समृद्ध स्याङ्जा बनाउने आफ्नो संकल्प रहेको बताउनुभयो ।
 थापाले जिल्लाको क्षेत्र नं. २ मा रहेका स–साना समस्यहरुको समाधान गर्दैै आम नागरिकहरुको सेवामा अगाडि बढ्नका लागी पनि आँफूलाई निर्वाचित गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो । यस्तो यता वालिङ नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वमा वालिङका विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
Facebook Comments Box
TOP