नवौं वालिङ महोत्सव सुरु
वालिङ :
नवौँ वालिङ महोत्सव बुधबारदेखि शुरु भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हिजोदेखि नवौँ महोत्सव शुरु भएको हो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्दघाटन गर्नुभएको हो । उद्दघाटन गर्दै मुलुकमा निजि क्षेत्रलाई राज्यले प्रर्वद्धन गर्न आवश्यक रहेको बताउनुभयो । मुलुकमा समृद्धि प्राप्तिको लागी सरकार र निजि क्षेत्र हातेमालो गर्दै अगाडि बढ्न आवश्यक रहेको भन्दै मुलुकमा लगानी गर्ने वातावरण सृजना गनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकाल, वालिङ नगरप्रमुख कृष्ण खांण, निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, जिल्ला नगर उद्योग वाणिज्य संघतर्फबाट पोखरा उद्योग वाणिज्यका अध्यक्ष गोर्कण कार्की, वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा महोत्सवका निर्देशक शोभाकान्त पौडेल, पत्रकार प्रकाश डुम्रेलगायतले महोत्सवले स्थानीय उत्पादनलाई प्राथामिकता दिँदै नवप्रतिभाहरु उजागर गर्दै यहाँका पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्दै वालिङलाई पर्यटकीय हब बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराउँदै वालिङ महोत्सव यहाँको पहिचानसंग जोडिएको भन्दै महोत्सव यहाँका स्थानीयहरुको एक उत्सव भएको बताउनुभयो ।
विगतका संस्करण भन्दा ९औँ संस्करणमा दर्शकहरुलाई पृथक र नयाँपन दिने प्रयास गरिएको छ । महोत्सवको पहिलो उद्घाटनका दिन यहाँका आमा समूह, टोल विकास संस्था, विभिन्न जातिय संघसंगठन, व्यवसायिक संघसंगठन, विद्यालय, धार्मिक संघसंगठनहरुले आ–आफ्ना झाँकीसहितको ¥याली प्रर्दशन गरेका थिए । महोत्सव उद्दघाटनको दिन पानी परेपनि मौसमलाई कुनै प्रवाह नगरी संघसंगठनहरु झाँकी, ¥यालीमा सहभागि भएका थिए । कार्यक्रम संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, धन्यवाद उपाध्यक्ष खगेन्द्र प्रसाद अर्याल र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

४०० स्टलहरु रहेका महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक स्टलहरु रहेका छन् । महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहने छन् । महोत्सवमा विद्यार्थीका लागि ७० र अन्यका लागि एकसय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जाको आठौं स्थापना दिवस ।
७ दिन अगाडि
वालिङ : सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जाको आठौं स्थापना दिवस शनिवार मनाईएको छ । वालिङ नगरपालिका…


