स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । गएको पुस २४ गते निर्वाचन प्रहरी भर्नाको सूचना प्रकाशन भई २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिने समय थियो । यसमा दुई दिन थपेर माघ ३ गते सम्म आवेदन दिन सक्ने बनाईएको छ ।
स्याङ्जामा नेपाल प्रहरी तर्फ एक हजार नौं सय ४७ र सशस्त्र प्रहरी तर्फ १७९ जना गरि दुई हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने पूर्व योजना रहेको छ । गृह मन्त्रालयको निर्देशन बमोजिम दरखास्त दिने समय दुई दिन थपिएको प्रहरीको भनाई छ ।
बुधबार साँझ सम्मा नेपाल प्रहरी तर्फ एक हजार तीन जना र सशस्त्र प्रहरी तर्फ १४३ जनाले दरखास्त दिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।
यसअघि निर्वाचनको सुरक्षामा सघाउन भर्ना गरिने सुरक्षाकर्मीलाई म्यादी प्रहरी भन्ने गरिएकोमा यसपालि निर्वाचन प्रहरी नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम माग देशैभर निर्वाचन प्रहरी भर्ना चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ र ईलाका प्रहरी कार्यालय चापाकोटबाट फारम वितरण भइरहेको प्रहरीले जनाएको छ । यस्तै सशस्त्र प्रहरीको लागि वालिङ स्थित ३० नं.गुल्मबाट फारम वितरण भईरहेको छ ।
१८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेकाका नेपाली नागरिकले यसमा आवेदन दिन मिल्ने प्रहरी निरीक्षक नेपालीले जानकारी दिनुभयो ।
निर्वाचन प्रहरीमा दरखास्त दिन शुल्क लाग्दैन । उत्तीर्ण भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने छ । माघ ३ गतेसम्म आवदेन दिनेहरूको सम्पर्क मिति माघ ४ गते तोकिने प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


