हातहतियार बुझाउन स्याङ्जा प्रशासनको आग्रह
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आगामी फागुन २१ गत सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन आग्रह गरेको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वस्नीय वातावरणमा सम्पन्न गराउन जिल्लामा विविध कारणले विभिन्न व्यक्ति तथा समुहसँग अवैधरुपमा रहेका हातहतियार तथा खरखरजना आगामी माघ १५ गतेसम्म बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।
आफूसँग भएका हतियार जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित सबैलाई आग्रह गरिएको सुवेदीले जानकारी दिनुभयो ।
तोकिएको अवधिभित्र अवैध हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


