तीन सन्तान जन्माउनेलाई चार हजार
स्याङ्जा :
कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने भएको छ । जनसङ्ख्याको घट्दो दरलाई रोक्ने, परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिने तथा दीर्घकालीन जनसङ्ख्या सन्तुलनमा राख्ने तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्यले यस गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ दिने निर्णय गरेको हो ।
पालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले पालिकाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि, २०८२ बमोजिम तोकिएको मापदण्ड पूरा गर्ने परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने बताउनुभयो ।
उहाँले कार्यविधि अनुसार तीन बच्चा जन्माउने परिवारले तोकिएका कागजात पूरा गरेमा दुई वर्षसम्म मासिक चार हजार प्रदान गर्ने बताउनुभयो । दुई सन्तान ईश्वरका वरदान भनिए पनि पालिकाले जनसङ्ख्याको घट्दो दरलाई वृद्धि गर्न यो नीति ल्याएको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
कार्यविधि अनुसार यस गाउँपालिकाभित्र स्थायी बसोबास गर्नेले २०८२ साल साउनभन्दा पछाडि तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न पालिकाको हुन अनुरोध गरेको छ ।
पालिकाले निवेदन, नेपाली नागरिकताको प्रतिलिपि (आमाबुवा), तीन वटै सन्तानको जन्मदर्ता प्रमाणपत्र, विवाहदर्ताको प्रमाणपत्र, बसाइँ सरी आएकाको हकमा बसाइँसराइ प्रमाणपत्र माग गरेको छ । त्यसै गरी जन्मिएको सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य संस्थामा जन्मिएको हुनुपर्ने पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


