उत्कृष्ट कृषकलाई नगदसहित सम्मान
वालिङ :
स्याङ्जाको बिरुवा गाउँपालिकाले पालिकाभित्रका दुई जना अगुवा कृषकलाई नगदसहित सम्मान गरेको छ । गाउँ सभाको १८ औं अधिवेशनको अवसरमा कृषकहरू प्रेमबहादुर राना र देवबहादुर रानालाई ‘अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार–२०८२’ प्रदान गरेको हो । प्रेमबहादुर कृषितर्फ र देवबहादुर पशुपक्षीतर्फ सम्मानित हुनु भएको हो ।
पालिकामा दर्ता भई उत्पादनमा सक्रिय रहेका कृषकलाई पालिकाले प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनु भयो । यसैगरी शिक्षातर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरिएको उहाँको भनाइ छ ।
चार विधेयक पारित
गाउँ सभाले चारवटा विधेयक पारित गरेको छ । अधिवेशनले बाँझो जग्गा उपयोग तथा भूमि बैँक सञ्चालन विधेयक २०८२ पारित गरेको छ । यसैगरी सार्वजनिक निजी साझेदारीसम्बन्धी विधेयक २०८२, स्थानीय मदिराजन्य पेय पदार्थको व्यवस्थापन गर्न बनेको विधेयक २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित गरेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनु भयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


