बिरुवा गाउँपालिकाको गाउँसभाको १८ औं अभिवेशन सम्पन्न
वालिङ :
स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १८ औं अधिवेशन सम्पन्न गरेको छ । गाउँ कार्यपालिकाले आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रतिवेदनसहित गाउँसभाको १८ औं अधिवेशन सोमबार गाउँ कार्यपालिकाको सभाहलमा सम्पन्न गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष शर्माले चालु आर्थिक वर्षका लागि विनियोजित कूल बजेट ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ मध्ये यही पौष २४ गतेसम्म रु. ११ करोड ५४ लाख ३७ लाख ४४ खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । यो प्रस्तावित बजेटको २३.७४ प्रतिशत हो । यसैगरी चालु खर्चतर्फ रु.३५ करोड ३२ लाख ६ हजार ५ मध्ये रु.१० करोड २३ लाख ५९ हजार ७ सय ६ खर्च भएको छ । यो चालु प्रस्तावित बजेटको २९ प्रतिशत हो । यसैगरी पूँजीगततर्फ कूल १३ करोड २८ लाख ६२ हजार विनियोजित भएकोमा रु. १ करोड ३० लाख ७७ हजार ६ सय ३८ खर्च भएको छ । जुन प्रस्तावित बजेटको ९.८३ प्रतिशत हुन आउँछ ।
उपाध्यक्ष शर्माद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफलसहित सर्वसम्मत पारित भएको अध्यक्ष सूर्यबहादुर कुँवरले घोषणा गर्नुभयो । यसपछि अधिवेशनले विभिन्न ४ वटा विधेयकसमेत पारित गरेको छ ।
यसैबीच बाँझो जग्गा उपयोग गरी कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुनिश्चित तथा रोगजारी सिर्जना गर्न उपयोग विहिन सरकारी, सार्वजनिक र निजी जग्गालाई भूमि बैंक मार्फत एकिकृत गरी खेतीयोग्य जमिनको सदुपयोग गर्न अधिवेशनले बाँझो जग्गा उपयोग तथा भूमि बैंक सञ्चालन विधेयक २०८२ पारित गरेको हो । यसैगरी सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक २०८२ प्रस्तुत गरिएको थियो । सार्वजनिक, निजी साझेदारीको माध्यमबाट आर्थिक तथा पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी सर्वसाधारणलाई भरपर्दो, किफायती र सर्वसुलभरुपमा सेवा सुविधा उपलव्ध गराउन सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक २०८२ ल्याईको र अधिवेशनबाट पारित गरिएको हो । यसैगरी स्थानीय मदिराजन्य पेय पदार्थको व्यवस्थापन गर्न बनेको विधेयक २०८२ सर्वसम्मत पारित भएको छ । स्थानीयरुपमा उत्पादित मदिराजन्य पेय पदार्थलाई गुणस्तरीय उत्पादन, व्यवस्थापन र निकासी गरी अर्थतन्त्रलाई सवल बनाउन यो विधेयक पारित गरिएको हो । अधिवेशनमा आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ सहित ४ वटा विधेयक पारित भएका हुन् भने अध्यक्ष कुँवरले विधेयक पारित भएको घोषणा गर्नुभयो । योसँगै गाउँपालिकाको समग्र विकास निर्माणका लागि वडा अध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्य, विभिन्न राजनीतिक दलहरुलगायतको साथ र सहयोगमा भैरहेको उल्लेख गर्दै सबैजनाप्रति धन्यवाद ज्ञापनसहित अध्यक्ष कुँवरले १८ औं अधिवेशन सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।
गाउँसभा कार्यक्रमका अवसरमा गाउँपालिकामा सूचिकृत भएका व्यवसायिक कृषकहरु मध्येबाट २ जनालाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुने प्रेम थापा र देवबहादुर रानालाई रु.१/१ लाख नगदसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । यसैगरी शिक्षातर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरिएको छ । -nepaliawaj
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


