कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
स्याङजा :
आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा धमाधम उम्द्वार तय भईरहेका छन् ।
नेपाली कांग्रेसले अहिले सम्म उमेद्वारको टुङ्गो लगाएको छैन ।
यता कांग्रेस स्याङजाका सभापति तथा निर्वतमान् संघीय सांसद राजु थापाले आगामी फागुन २१ को चुनाव नलड्ने घोषणा गर्नु भएको छ ।
यस्तै पूर्व मन्त्री तथा गण्डकी प्रदेश सभाका सदस्य मेखलाल श्रेष्ठले पनि यो पटकको चुनाव नलड्ने घोषणा गर्नु भएको छ ।
बदलदो परिवेश,मुलुकमा देखिएको बिषम परिस्थिती तथा गएको भदौ २३ र २४ गतेको जेन्जीमुमेन्ट्स लाई मध्यनजर गरी आंफु उमेद्वार नबन्ने घोषणा गरेको उहाँहरुको भनाई छ ।
थापा दुई पटक स्याङ्जा निर्वाचन क्षेत्रबाट बिजयी हुनु भएको थियो भने एक पटक पराजित हुनु भएको थियो ।
श्रेष्ठ नेपाली कांग्रेस गण्डकी प्रदेशका उपभासपति समेत रहनु भएको छ । उहाँ समानुपातिकबाट गण्डकी प्रदेशको सांसद तथा मन्त्री भईसक्नु भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


