स्याङ्जा–१ मा कांग्रेसका ढकालद्वारा मनोनयन दर्ता ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नं. १ मा भरतराज ढकालले मनोनयन गर्नु भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ढकालले मनोनयन दर्ता गर्नु भएको हो ।
ग्रामीण अर्थतन्त्र सुधारको अभियानमा सक्रिय रहेका ढकाल पछिल्लो समय उत्पादन र रोजगारी सिर्जनामा सक्रिय हुनुहुन्छ ।
को हुन ढकाल :
स्याङ्जाको आँधीखोला गाउँपालिका–६, फापरथुममा जन्मिएक ढकाल मुक्तिनाथ विकास बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुँदै विकास बैंकतर्फ नेपालकै नं.–१ बैंक मुक्तिनाथ विकास बैंकको सफल अध्यक्ष बन्नु भएको थियो । पूर्वबैंकर्स ढकाल पछिल्लो समय मुक्तिनाथ कृषि कम्पनीको अगुवाईमा नेपालमा कृषि पेशाबाटै आर्थिक क्रान्ति र रोजगारी सृजना गर्न सकिन्छ भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
मुक्तिनाथ विकास बैंकमा लघुवित्तमार्फत लाखौं महिलालाई स्वरोजागर बनाएका ढकालले बैंकमा झण्डै दुई हजार र मुक्तिनाथ कृषि कम्पनीमा ३ सय जनालाई प्रत्यक्ष रोजगार हुने अवसर सृजना गर्नु भएको छ । काँग्रेसको राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिएका ढकाल जनआन्दोलन २०६२/६३ मा नेतृत्वदायी भूमिका, रोयल सहकारी, जिल्ला बालकल्याण समिति र विभिन्न गैरसरकारी संघसंस्थामा लामो समय नेतृत्वमा रहेर काम गरेको अनुभवि सामाजिक कार्यकर्ता मध्ये अग्रपंक्तिमा आउनु हुन्छ ।

Facebook Comments Box
TOP