मुक्तिनाथ बैंकको २० औं वाषिकोत्सव
स्याङ्जा :
मुक्तिनाथ विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ । बैंककोे २० वार्षिकोत्सवमा पुतलीबजार शाखाले केक काटेर र शुभकामना आदानप्रदान गरेर मनाएको हो ।
बैंकको २० औं वार्षिकोत्सवका अवसरमा पुतलीबजार शाखामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बैंकका संस्थापक बद्रिप्रसाद श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले बैंक स्थापना भएको २० वर्षको छोटो अवधिमा आधुनिक सेवामार्फत सेवाग्राहीलाई समयानुकूल सेवा प्रदान गरेको बताए ।
बैंकका पुतलीबजार शाखा प्रमुख युवराज ढकाल, नेपाल पत्रकार महासंघको पूर्वअध्यक्ष प्रकाश डोटेल, व्यवसायी कुलानन्द लम्सालले बैंकको थप प्रगतिको कामना गर्दै बैंकले पछिल्लो सयम कृषि क्षेत्रको विकासमा थालेको प्रयासलाई सार्थक बनाउन सबैको सहयोग अपरिहार्य भएको बताए ।
२० औं वार्षिकोत्सवका अवसरमा बैंकको फेदीखोला, जुग्ले, कार्कीनेटा, बिरुवा, अर्जुनचौपारी, बयरधारी, वालिङ, गल्याङ्, मिर्मि, चापाकोट शाखाले पनि केट काट्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । २० औं वार्षिकोत्सव शनिबार परेपनि शाखाहरुमा सेवाग्राहीको उत्साहपूर्वक सहभागिता रहेको शाखा प्रमुखहरुले जनाएका छन् ।
२०६३ साल पौष १९ गते स्याङ्जामा प्रधान कार्यालय स्थापना गरी सेवा आरम्भ गरेको बैंकको हाल काठमाडौंस्थित लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको छ । बैंकले झण्डै १९० शाखामार्फत देशभरका ७७ जिल्लामा आफ्नो सेवा विस्तार र प्रवाह गर्दै आएको छ । चुक्ता पुँजी ८ अर्ब पु¥याएसँगै बैंक वाणिज्यस्तरको बैंक बन्ने प्रक्रियामा रहेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


