मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
वालिङ :
स्याङ्जाको वालिङमा मातृभूमि सेवा समाज नेपालले दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पण्डित नेत्रप्रसाद पराजुलीलाई समाजको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख दिलिपप्रताप खाँणले आध्यात्मिक र निश्वार्थभावले गठित समाजले दुईवर्षको समयमा सामाजिक क्षेत्रमा सक्रीय भूमिक देखाएको बताउनुभयो । स्याङ्जा जिल्लाकै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व राख्ने गह्रौंसुरको काखमा रहेको गौशालाको थप व्यवस्थापनका लागि महायज्ञ सञ्चालनसँगै गौमाताको सेवामा समाजको भूमिका सराहनीय रहेको खाँणले उल्लेख गर्नुभयो । काफलडाँडामा रहेको धुनी शिवालयको पनि गह्रौंसुरको जस्तै ऐतिहासिक र धार्मिक तथा प्राचिन महत्व जोडिएको छ । धुनि शिवालयसँगै गौशाला पनि रहेको छ । यी दुवैको संरक्षण गर्नु हामी सबैको दायित्व हो । आगामी दिनमा के के गर्दा यसलाई व्यवस्थित गर्न सकिन्छ भनेर हामी सबै लाग्नुपर्ने खाँणको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष पराजुलीले दुईवर्षे तदर्थ समितिकै अवस्थामा रहेको समाजले गौशाला सञ्चालनका लागि महायज्ञ सञ्चालनलगायत विभिन्न सामाजिक कार्यक्रममा सक्रीयरुपमा कार्य गरेको जानकारी गराउनुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


