प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
स्याङ्जा :
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ ।
पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा टी–२० रनिङ कप क्रिकेट प्रतियोगता हुन लागेको हो ।
दुई चरणमा आजदेखि ४ गतेसम्म र दोस्रो चरणमा माघ ९ गते देखि १४ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहिभागिता रहेको छ भने टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समुह ए, बी, सीमा तीन–तीन पालिका रहेका छन् भने समूह डीमा दुई पालिका रहेका छन् । प्रत्येक समूहको विजेता सेमिफाइनमा प्रवेश गर्नेछ । सेमिफाइनमा ए र सी तथा बी र डीको विजेता प्रतिस्पर्धा गर्नेछन् ।
स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेटलगायतका खेलको हबका रुपमा विकसित गराउने र
जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । हरेक पालिकाको टिमका एकजना अण्डर १६, दई जना जना अण्डर १९ र हरेक पालिकाबाट दुई–दुई बाहिरी जिल्लाबाट खेलाडी ल्याएका छन् ।
प्रतियोगितामा विजेताले दुई लाखसहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा प्लेयर अफ दी म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०/१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।
प्रतियोगिता सञ्चालनको लागि ६४ लाख नौ हजार सात रुपियाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा आज उद्घाटन खेल समूह बीका फेदीखोला र कालीगण्डकी हुने छ । दिनको साढे १२ बजे खेल सुरु हुनेछ ।
पहिलो दिन एक खेल खेलाएपनि अन्य दिन दुई–दुई वटा खेल हुने फाउण्डेसनका सचिव ध्र्रुव शर्माले जानकारी दिए ।
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


